आज्ञा खबर धनुषा
नेपाली कांग्रेस मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ता सम्मानित भएका छन।
प्रदेश सम्मेलनको उत्कृष्ट प्रचारप्रसार गरे बापत प्रदेश सभापति कृष्णप्रसाद यादवले गुप्तालाई सम्मान गरेका हुन्।
सम्मेलनको बन्दसत्रमा गुप्ताको कामको सबै नेताहरूले प्रशंसा गरेका थिए। शारीरिक अपांगता भए पनि पार्टीको लागि गुप्ता अहोरात्र खट्ने नेताभित्र पर्दछन् ।
गुप्ताको नेतृत्वमा कांग्रेस मधेश प्रदेशले प्रदेश सम्मेलनको मैथली, भोजपुरी, नेपाली र बाजिका गरी चार भाषामा प्रचार प्रसार गरीएको थियो।