निकिता खनाल
बर्दिवास
विगत केहि समय यता महोत्तरी जिल्लाको उत्तरी भेगको गाउँ बस्तिीमा जंगली हात्ती आतंक हवात्तै बढेको छ। ज्ांगली हात्ती गाउँ पसेर स्थानिय बासिन्दाले खेतबारीमा लगाएको तरकारी ,अन्नबाली नस्ट गर्नुको साथै घरहरुमा समेत क्षती पुर्याएको स्थानिय बसीको गुनासो छ ।
यसै क्रममा हात्तीको आक्रमणबाट रामनगरको जंगलमा एक जना घाइते भएका छन् ।
दाउरा लिन जंगल गएका गौशला नगरपालिका १ रामनगरका ३६ वर्षीय मुन्ने सेखमाथि जंगली हात्तीले आक्रमण गरेको हो । जङ्गल क्षेत्रमा दाउरा बटुलेर बुधवार साँझ घर फर्कन लागेका सेखलाई पछाडिबाट आएका हात्तीको जोडीले आक्रमण गरी घाइते बनाएको हो । हात्तीको आक्रमणमा परी सेखको बायाँ तिघ्रा, पेट लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादबले जानकारी दिए।
