निकेश खनाल
बर्दिवास
मओबादी केन्द्रकी केन्द्रिय सदस्य तथा अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रिय उपाध्यक्ष सिता दहालले जनजनमा माओवादी घर,घरमा माओबादी भन्ने पार्टीको बिशेष रुपान्तरण अभियानले जनता र माओबादीलाई जोडने पुलको काम गरेको बताएकि छिन ।
महोत्तरीको बर्दिवास नगरपालिका ८ हात्तीलेट स्थित उनकै निजी निवासमा आज्ञा खबरसंग कुराकानी गर्ने क्रममा उनले सो कुरा बताएकी हुँन ।
नेत्री दहालले यो अभियान पछी पार्टी जनस्तरबाटै बन्ने भएकाले माओबादीका नेता कार्यकर्ताको कार्य शैली सच्चिएर जाने बताईन । महिला नेत्री दहालले पार्टी नितिगत रुपमा ठिक ठाउँमा भएपनी ब्यवहारीक रुपमा सच्चिनुपर्ने आवश्यकता औल्याईन्।
देशमा भएको आन्दोलनको उपलब्धि स्वरुप अहिले राज्यको हरेक अंगमा महिला सहभागिता सुनिस्चित भएको उल्लेख गर्दै दहालले महिलालाई पुरुष सरह ५० प्रतिशत अधिकारको लागी अफुहरु संघर्षरत रहेको जिकिर गरीन ।
हेर्नुहोस उनिसंग गरीएको कुराकानी
माओबादीको रुपान्तरण अभियानले नेता कार्यकर्ताको कार्य शैली सच्चिएर जाने”महिला नेत्री दहाल

© 2025: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech