निकिता खनाल
बर्दिवास
नेपाल विद्युत प्राधिकरण गौशाला वितरण केन्द्रले विद्युत चुहावट गर्ने मिटर र मोटर मंगलबार नियन्त्रणमा लिएको छ। वितरण केन्द्रबाट खटिएको अनियमितता सुधार तथा विद्युत चुहावट नियन्त्रण टोलीले केन्द्र अन्तरगत पर्ने विभिन्न स्थानमबाट ८ थान मिटर र ५ थान मोटर नियन्त्रणमा लिएको हो।
प्रतक्षय हुकिङ गरी अनधिकृत रूपमा विद्युत चोरी गरिरहेको अवस्थामा सो मिटर र मोटर नियन्त्रणमा लिएको शाखा प्रमुख जगन्नाथ झाले जानकारी दिए। नियन्त्रणमा लिएको मिटर तथा मोटर गौशाला वितरण केन्द्रमा राखिएको प्रमुख झाले जानकारी दिए ।