आज्ञा खबर
काठमांडौ
नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले जनता र विकासको मुद्दा संसदमा दह्रोसँग उठाउने बताएका छन् ।
आफ्नो सांसद पदको निलम्बन फुकुवा माग गर्दै आइतबार संघीय संसद सचिवालयमा निवेदन दिएपछि संसदले उनको निलम्बन पनि फुकुवा गरेको छ । मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या अभियोग लागेका कोइरीलाई जिल्ला अदालत महोत्तरीले २८ मंसिरमा सफाइ दिएको थियो ।
संसद सचिवालयले निलम्बन फुकुवाको निर्णय दिएपछि अनलाइनखबरसँग उनले भने, ‘जनताको कुरा लिएर, पार्टीको कुरा लिएर अगाडि बढ्छु । मेरा धेरै कुरा विकाससँग जोडिएको छ । मलाई समाजसेवी भनेर चिन्दछन् । त्यसअनुसार आफ्नो भूमिकामा दह्रो गरी संसदमा प्रस्तुत हुन्छु ।’ आफ्नो स्वभाव र विचारधारा स्वतन्त्र जस्तो भए पनि पार्टीको नीति अनुसार चल्ने पनि उनको प्रतिवद्धता छ ।
२०७७ सालमा जनकपुर उच्च अदालतले फौजदारी अभियोगमा पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने सजाय सुनाएदेखि फरार कोइरी ४ मंसिर २०७९ मा भएको चुनावमा महोत्तरी १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
चुनाव जितेपछि ७ पुस २०७९ मा प्रतिनिधिसभा सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा सहभागी भएका कोइरी २५ पुसमा बसेको प्रतिनिधिसभाको पहिलो बैठक र २६ पुसको दोसो बैठकमा उपस्थित थिए । कोइरी १९ वैशाख २०८० मा निलम्बनमा परेका थिए । त्यसपछि निरन्तर सम्पर्कविहीन रहेका कोइरी महोत्तरी जिल्ला अदालतबाट सफाइ पाएसँगै संसद सचिवालय पुगेका हुन् । (अनलाइनखबर