पर्सामा बाघले खाएको अवस्थामा युवकको शव भेटियो

[sharethis-inline-buttons]

आज्ञा खबर
पर्सा
पर्सामा बाघको आक्रमणबाट एक युवकको ज्यान गएको छ।

ज्यान जानेमा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–२ थरकटीका ३२ वर्षीय मनोज उराँव धाँगडको रहेका छन ।

सोमबार बिहान घर नजिकै जङ्गलमा शौच गर्न गएका धाँगड बेपत्ता भएका थिए । उनको खोजतलाश गर्ने क्रममा शव फेला परेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराज केसरीले जानकारी दिए।

 

धाँगडको टाउको र खुट्टा नभएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
धाँगडको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको बताईएको छ।