सेफ्टी ट्याङकीमा डुबेर एक बालकको मृत्यु

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
सर्लाहीमा सोमबार दिउँसो सेफ्टी ट्याङकीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

जिल्लाको ईश्वरपुर नगरपालिका –८, रामपुरमा कमल राउतको अढाइ वर्षीय छोरा सोहन राउतको छिमेकी मानबहादुर कार्कीको ट्वाइलेटको सेफ्टी ट्याङकीमा डुबेर मृत्यु भएको हो ।
खेलिरहेका बालक जस्तापाताले छोपेर राखिएको सेफ्टी ट्याङकीको खाल्डोमा डुबेका थिए ।

खाल्डोमा डुबेका सोहनलाई तत्काल उपचारका लागि अमृत हेल्थ केयर बयलवास लगिए पनि चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए । मृतकको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टमपछि अभिभावकलाई बुझाइएको प्रहरीले जनाएको छ ।