निकिता खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास स्थित पुर्व पश्चिम महेन्द्र राजमार्गमा पर्ने रातु नदीको पुल देखी भब्सी पुल सम्मको राजमार्ग किनारको क्षेत्रमा बजारीकरण बढ्दै गएको छ। करीब दुई दशक पहिला सुनसान देखिने बर्दिवासका राजमार्ग किनारमा स्थानीय सरकार आएसँगै सौर्य बत्ती पातलो जडान पछी पनी बर्दिवास बजारको चहलपहलमा केहि बृद्धि भएको हुँनाले यस क्षेत्रका बजार बाक्लिँदै गएको हो।
अहिले बर्दिवासको राजमार्ग आसपासमा तीन दर्जनभन्दा बढी होटल व्यवसाय, डिलर, खुद्रा पसल, पोल्टी फार्म, फ्रेस हाउस, कपडाका पसल हार्डवेयर लगायतका व्यवसाय बढेका छन्। सङ्घीयताले स्थानीयस्तरमा आर्थिक गतिविधि बढाए पनि बर्दिवासको
रातु खोला देखी भब्सी खोलाको सडक किनारमा जडान गरीएको बिजुली बत्ती र सि,सि क्यामेरा आवश्यकता अनुसार नहुँदा बजारका पसलहरुमा रातीको समयमा चोरीका घटना बढ्ेको बर्दिवास उद्योग बाणिज्य संघका अध्यक्ष बिष्णु खड्काको भनाई छ।
व्यापारीले माग गरे अनुसार सडक बत्ती र सि,सि क्यामेराको व्यवस्था नगरले गर्न सकेको छैन । बर्दिवास उद्योग बणिज्य संघले राजमार्गको किनारमा आवश्यकता अनुसार सि,सि क्यामेरा जडान गर्न खोज्दा, छ महिना अघि नगरपालिकाले जडान गर्ने नगर प्रमुखले आश्वासन दिएपनी हालसम्म जडान हुन नसकेको उनको भनाई छ । अहिले उद्योग बाणिज्य संघकै पहलमा राजमार्ग आसपासमा रहेका बैक तथा बितिय संस्थाले बहिरपट्टी सि,सि क्यामेरा जडान गर्न थालेको उनले बताए ।
अहिले सडक बत्तीले राजमार्गको आसपास क्षेत्रका बजार केहि मात्रामा झिलीमिली देखिएर व्यापारिक कारोवारमा केहि टेवा पुगेपनी आवश्यता अनुसार बत्ती तथा सि.सि क्यामेरा जडान नहुँदा समस्याको निराकरण नभएको दखिएको छ। पहिला राजमार्ग छेउमा निकै अँध्यारो हुन्थ्यो, अत्याआवश्यक सामान पसलमा हुँदा पनि ग्राहक आउन मान्दैनथे तर हिजोआज बजार साँझपख अलिकता झिलीमिली भएको देख्दा साँझसम्म मानिसको चहलपहल हुन्छ। ब्र्दिवास उद्योग बाणिज्य संघका नि बर्तमान महासचिब भबनाथ खतिवडाको भनाई छ।
उनले सडक बत्ती र सि,सि क्यामेरा आबश्यकता अनुसार जडान नहुँदा र बिग्रेका बत्ती, सि,सि क्यामेरा समयमै मर्मत नहुँदा राजमार्ग आसपासका पसलमा चोरीका घटनामा बृद्धि हुनाका साथै बजारभित्र अप्रिय घटनालगायत सुरक्षा चुनौती समेत बढेको जानकारी दिए । यसै बिषयमा बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रलाद कुमार क्षेत्री संग सम्पर्कगर्न खोज्दा उनि सम्पर्कमा आएनन।