निकेश खनाल
बर्दिवास
महोत्तरी क्षेत्र नम्बर १ का सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ । आइतबार उनको निलम्बन फुकवा भएको हो।
२९ मंसिरमा जिल्ला अदालत महोतरीबाट सफाइ पाएका कोईरी सफाइ पाएसँगै निलम्बन फुकुवाको निर्णय लिएर संसद सचिवालय पुगेका थिए ।
संसद कोईरी १९ वैशाख २०८० मा निलम्बनमा परेका थिए ।
२०७७ सालमा उच्च अदालत जनकपुरले सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या अभियोगमा कोईरीलाई फौजदारी अभियोग सहित पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने सजाय सुनाएपछी फरार रहेका कोइरी ४ मंसिर २०७९ मा भएको चुनावमा महोत्तरी क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
निर्वाचित भएपछि प्रतिनिधि सभाका केही बैठकमा उपस्थित भएका कोइरी फरारको सूचीमा रहेको भनी प्रश्न उठेपछि सम्पर्क बिहीन थिए ।
प्रहरी प्रधान कार्यालयको पत्र समेतका आधारमा निलम्बनमा परेका कोइरीले उच्च अदालत जनकपुरबाट सफाई पाएपछी उनको निलम्बन फुकुवा भएको हो।