एम्बुलेन्सको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
वीरेन्द्रबजार–महिनाथपुर सडक मार्गअन्तर्गत सबैला नगरपालिका–९, सिमराढीमा दक्षिणबाट उत्तरतर्फ आइरहेको ज १ त १७४५ नम्बरको एम्बुलेन्सले विपरीत दिशाबाट गइरहेको प्रदेश २–००६ प ७९३८ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिदा मोटरसाईकलमा सवार धनुषाको सबैला नगरपालिका–१२, रघुनाथपुरका ३१ वर्षीय जयनारायण पालको उपचारको क्रममा मृत्यु भएको छ। जनकपुरधामस्थित कृष्ण अस्पतालमा शनिबार राती १ बजे उनको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका पाललाई तत्कालै उपचारका लागि जनकपुरस्थित रामजानकी अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि कृष्ण अस्पतालमा लगिएको थियो ।

ठक्कर दिने एम्बुलेन्स र त्यसका चालक महोत्तरीको मटिहानी नगरपालिका–१, का वीरेन्द्र मण्डललाई प्रहरी नियन्त्तणमा राखिएको इलाका प्रहरी कार्यालय सबैलाले जानकारी दिएको छ ।