आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवासमा न्यायका लागि नागरिक संजालको पाँचौ मासिक बैठक शनिवार सम्पन्न भएको छ।
इन्टरनेशनल अलर्टको आर्थिक सहयोगमा समग्र जन उत्थान केन्द ,लहान–६ सिरहा द्वारा संचालित न्यायमा पहुँच सवलिकरण परियोजना अन्तर्गत बसेको आजको बैठकमा द्वन्द्व पिडित सम्वन्धी बिगतको कामको समिक्षा, द्वन्द्व पिडितको बिषयमा पैरवी, द्वन्द्व पिडितको नितिगत कार्यगत आधार, श्रोतको खोजी ,स्थानिय तहमा सरोकारवालाहरुसंगको संवाद लगायतका बिषयमा समन्वय गर्ने सम्बन्धि छलफल भएको न्यायका लागि नागरिक संजाल समितिका अध्यक्ष दिपा लामाले बताईन ।
बर्दिवास नगर स्तरीय संयुक्त कार्य योजना २०८०÷०८१ बुन्दागत आधारमा छलफल गरिने र पालिका कै सहकार्यमा द्वन्द्व पिडितलाई दैनिकी जिवनयापनमा सहयोग पुग्नेगरी कार्य गरिने समितिद्वारा बैठकमा निर्णय पारित भएको बताईएको छ ।
कार्यक्रममा सहजीकरण समग्र जन उत्थान केन्द्र बर्दिवासकी प्रतिनिधि, आरती बुढाथोकी परियोजना व्यपस्थापक रामकृपाल साह, टिपो नेपालकी मनोविमर्शकर्ता रिमु चौधरीले गरेका थिए । बैठक न्यायका लागि नागरिक संजालकी अध्यक्ष दिपा लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।