निकेश खनाल
बर्दिवास
महोत्तरीको सोनामा गाउँपालिका–३ स्थित मरहा खोलाबाट शुक्रवार बिहान ८ बजे सालनालसहितको मृत बालक फेला परेको छ ।
इलाका प्रहरी कार्यालय गौशालाबाट प्रहरी निरीक्षक मनोज यादब नेतृत्वको टोलीले मृत अवस्थामा शिशु फेला पारेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए । उनका अनुसार घटनास्थलमा पुगेको प्रहरी टोलीले मुचुल्का गरी मृत शिशुको पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको बताईएको छ ।
नवजात शिशु कसले फालेको भन्नेबारे अनुसन्धान भइरहेको गिरीले बताए ।