अबैध उत्खनन रोक्ने बर्दिवासका राजनितिक दलको प्रतिबद्धता

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका स्थित रातुखोला क्षेत्रबाट दुई दशक अघिदेखि हुँदै आएको अबैध उत्खन्न अझै रोकिएको छैन । अबैध उत्खन्न नियमवन गर्ने सरोकारवाला नै आर्थिक प्रभावमा परेपछि अबैध उत्खनन् नरोकिएको हो ।

रातु खोलामाहाल स्काईभेटर, लोडर प्रयोग गरेर अबैध रुपमा उत्खनन् भैरहेको छ । स्थानीय प्रशासनकै मिलेमतोमा नदीजन्य पदार्थ उत्खनन् भइरहेको स्थानीयको आरोप छ ।

तीन फिट गहिराई गरेरमात्र बालुवा, ढुङ्गा, गिटी निकाल्न पाइने गरी बर्दिबास नगरपालिकाले खोला ठेक्का लगाएपनी त्यसका १० गुन्ना गहिरो गरी उत्खनन गरीएको पाईएको छ ।
यसैगरी रातु नदी उत्खननविरुद्ध बर्दिबास नगरपालिकाका राजनीतिक दलहरू एकजुट भएका छन् । नगरपालिकाले अबैध खोला अत्खननकैलागी रातुनदी ठेक्का लगाएको आरोप लगाउदै बर्दिवासका स्थानिय राजनितिक दलले संयुक्त रुपमा आज प्रेस बिज्ञप्ती जारी गरेका छन । नगरले सम्लग्नतामा भईरुहेको अवैध उत्खनन रोक्ने उनिहरुले सामूहिक प्रतिबद्धता जनाएका छन्।

प्रेस बिज्ञप्तीको पुर्णपाठ