निकिता खनाल
बर्दिवास
राष्ट्रिय प्रजातन्त्र पार्टी मधेश प्रदेश सदस्य तथा प्रजातान्त्रिक महिला संगठनकी केन्द्रिय सदस्य निरु केसीले सस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छिन ।
महोत्तरीको बर्दिवासमा बिहिवार आयोजित बिरोध कार्यक्रमलाई सम्बोधन गर्दे उनले मन्त्री किराँतीको क्रिश्चियन धर्म मान्दिन भन्नू सविधानलाई मान्दिन भन्नू हो, सविधान मान्दिन भन्ने देशद्रोही हुन्, यदि कसैले देशदोह गर्छ भने त्यसलाई हत्कडी लगाउने जेलमा हाल्दिने हो भन्ने अभिव्यक्ति प्रति आपत्ति जनाएकी हुन् ।
मन्त्री किराँतीले क्रिश्चियन धर्मलाई प्रोत्साहन गर्ने गरि तथा अन्य धर्म र धर्मावलम्बीलाई धम्काउने शैलीमा दिएको अभिव्यक्तिको भत्सर्ना गर्दे केशीले मन्त्री किराँतीले आपनो गलत अभिब्यक्ती फिर्ता लिनुपर्ने बताईन।
उनले हामी हिन्दुले सबै धर्मलाई सम्मान गर्छौं तर क्रिश्चियन धर्म मानिदैन यदि हामीले क्रिश्चियन धर्मलाई नमानेकै कारण देशद्रोही हुने हो भने हत्कडी लगाएर जेल हाल्न समेत मन्त्री किराँतीलाई चुनौती दिएकी छिन ।
यसै क्रममा राप्रपा नगर समिती बर्दिवास र सनातन हिन्दु धर्मका अभियन्ताहरुले मन्त्री किराँतीको अभिब्यक्तीको बिरोधमा बर्दिवासको मुख्य बजारमा आज साँझ मसल जुलुस निकालेको छ ।
हिन्दु मास्न पाईदैन यस्ता मन्त्री चाहिदैन, हिन्दु राष्ट्र कायम गर ना लायक मन्त्री राजिनामा दे जस्ता नारा सहित निकालिएको मसाल जुलुस कोण सभामा परीणत भएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै हिन्दु धर्मका अभियन्ता कृष्ण प्रसाद देबकोटाले ९४ प्रतिशत हिन्दुको संख्या रहेको देशमा औलामा गन्न मिल्ने क्रिश्चनले धम्काएकोमा हाम्रो आपती रहेको बताएका छन ।
उनले बुद्ध जन्मेको देश भगवान महादेवले बास गरेको भुमि र ऋषी मुनीले तपस्या गरेको देशमा धर्म निरपेक्षताको नाममा धर्म मास्ने खेल खेलेमा देश ब्यापी रुपमै आगो दन्किने गरी आन्दोलन गर्ने चेताबनी दिए ।
देबकोटाले मन्त्री किराँतीलाई तत्काल बर्खास्त गरि विद्यमान कानुन बमोजिम कारबाही गर्न प्रधानमन्त्री, गृहमन्त्री तथा प्रहरी प्रशासन संग माग समेत गरेका छन् ।