पार्टीमा सबै पुस्ताको मानिसलाई समेटेर एकीकृत र बलियो पार्टी बनाउनुपर्ने अर्थ मन्त्री महतको भनाई

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम
नेपाली कांग्रेस प्रवक्ता तथा अर्थमन्त्री प्रकाशशरण महतले मधेसमा कांग्रेस बलियो हुँदा मात्र देशमा नेपाली कांग्रेस बलियो हुने बताएका छन । नेपाली कांग्रेस मधेस प्रदेश सम्मेलनको उद्घाटन कार्यक्रमलाई जनकपुरमा बिहिवार सम्बोधन गर्ने क्रममा उनले सोकुरा बताएका हुन । उनले पार्टीमा सबै पुस्ताको मानिसलाई समेटेर एकीकृत र बलियो पार्टी बनाउनुपर्ने आवश्यकता औल्याए ।
पार्टीमा एकता र सहिष्णुताको खडेरी रहेको भन्दै त्यसका लागि पार्टीमा एकता अपरीहर्य रहेको उनले बताए । अर्थमन्त्री महतले

नेपाली कांग्रेसले मात्र सामाजिक र आर्थिक विकास गर्न सक्ने भन्दै ‘मधेसीवादीले कुनैपनि कुरा स्थापित गर्न नसक्ने ठोकुवा गरे । अर्थमन्त्री महतले देशको अर्थतन्त्र सुधारमा आएको भन्दै विकासले गति लिने बताए । मधेस प्रदेशमा सिचाइ, बाटो र खानेपानीको समस्या सरकारले समाधान गर्ने महतले बताए ।
संविधानले संघीयताका मर्म अनुसार दिएको अधिकार चाँडै कार्यान्वयनमा जाने उनको भनाई छ । यस्तै प्रदेश र स्थानीय तहको सरकारले पनि काम गरेर कांग्रेसको पक्षमा महोल बनाउनुपर्ने महतले बताए ।