निकिता खनाल
बर्दिवास
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मधेश प्रदेश सदस्य तथा प्रजातान्त्रिक महिला संगठनकी केन्द्रिय सदस्य निरु केशीले हाल नेतृत्वमा रहेका नेताहरुले व्यवस्था र अवस्था परिवर्तन नगर्दा जनताले दुःख पाएको बताएकी छिन्।
महोत्तरीको बर्दिवास नगरपालिकामा मंगलवार र बुधवार पार्टी संगठन बिस्तार कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन्। उनले व्यवस्था र अवस्था परिवर्तन नहुँदा सम्म जनताले दुःख पाइरहने बताउदै प्रदेश सरकारको देशमा काम नरहेको हुनाले विदेशबाट ऋण ल्याएर शासकलाई पोस्ने काम मात्रै भएको उल्लेख गरीन ।
महिला नेत्री केशीले वर्तमान नेतृत्वले व्यवस्था चलाउन नसक्ने उल्लेख गर्दै परिवर्तनका लागि जनता जाग्नुपर्ने आवश्यकता औल्याईन । संवैधानिक राजाका पक्षमा बोल्दै केशीले देश अभिभाबक बिहिन भएकोले देशमा राजाको आवश्यकता रहेको बताईन ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी महोत्तरीले संगठन बिस्तारको कामलाई तिब्रता दिदै आएको छ।
सो पार्टीले संबैधानिक राजतन्त्र र सनातन हिन्दु राष्ट्र कायम गर्नै अठोट सहित महोत्तरीको बिभिन्न पालिकामा संगठन बिस्तारको कामलाई तिब्र रुपमा सञ्चानलमा ल्याएको हो ।
यसै क्रममा बर्दिवास नगरपालिकाको वडा नम्बर १४ मा मंगलवार र वडा नम्बर ४ मा बुधवार सो पार्टीले वडा कमिटी गठन गरेको छ । राप्रपा महोत्तरी क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष होम प्रसाद पोखरेल (कमल)को अध्यक्षता तथा राप्रपा मधेश प्रदेश सदस्य तथा प्रजातान्त्रिक महिला संगठनकी केन्द्रिय सदस्य निरु केशीको प्रमुख आतिथ्यतामा भएको संगठन बिस्तार कार्यक्रममा वडा नम्बर १४ मा महेश्वर साहको अध्यक्षतामा २५ सदस्य वडा कमिटि गठन गरीएको छ। जस्को उपाध्यक्षमा सन्जु कुमारी बिश्वकर्मा सचिबमा महेश्वर साह सोनार कोषाअध्यक्ष शोभा हमाल उप सचिब दिलिप कुमार महतो लगायतका रहेका छन। त्यसैगरी वडा नम्बर ४ मा बुधवार देब कुमार अधिकारी को अध्यक्षतामा २७ सदस्य वडा कमिटि गठन गरीएको छ ।
जस्को उपाध्यक्षमा धनगृहलक्षमी श्रेष्ठ सचिबमा दिनेश कुमार परीयार कोषाअध्यक्षमा गंगा घिमिरे सदस्यमा गंगा देबी महतो, जितेन्द्र साह सोनार,संगिता खड्रका लगायत रहेको राप्रपा मधेश प्रदेश कमिटि सदस्य जगत बहादुर खड्काले जानकारी दिए ।