खेत जोतिरहेका किसानको बिजुलीको तार चुँडिएर लाग्दा मृत्यु

[sharethis-inline-buttons]

आज्ञा खबर
रौतहट
रौतहटमा बिजुलीको तार चुडिदा सो तारले लागेर खेत जोतिरहेका किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा माधवनारायण नगरपालिका– ७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डित छन् ।

खेत जोतिरहेका बेला एक्कासी करेन्टसहितको ११ हजार भोल्टको बिजुलीको तार खसेर लाग्दा किसानसँगै खेत जोत्ने गोरु समेत मरेको छ ।
बिहान ११ः४५ बजेको समयमा खेत जोतिरहेका पण्डितमाथि ११ हजार भोल्टको तार चुडेर खसी घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए ।
पहिलेदेखि नै बिजुली सर्ट भएर त्यस स्थानमा आगो बल्ने गरेको भएपनी विद्युत् प्राधिकरणले कुनै चासो नदिएकाले स्थानीयले विद्युत् प्राधिकरणको चरम लापरबाहीले यस्तो घटना भएको आरोप लगाएका छन् ।