अहिलेका दलहरुले देशलाई निकास दिन नसक्ने भएकाले राज संस्था तथा हिन्दु राष्ट्र आवश्यक रहेको नेत्री केशीको भनाई

[sharethis-inline-buttons]

आज्ञा खबर

बर्दिवास
राष्ट्रिय प्रजातन्त्र पार्टी मधेश प्रदेश सदस्य तथा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन कि केन्द्रिय सदस्य निरु केश्ीले राजनीतिलाई जनताको सेवाका रुपमा लिनुपर्ने बताएकि छिन । महोत्तरीको गौशलामा शनिवार आयोजित संगठन बिस्तारको क्रममा उनले सो कुरा बताएकी हुँन ।

उनले अहिले दलका नेताहरुले पेशालाई व्यापार बनाउन खोजेकै कारण देशमा अनियमितता भ्राष्टाचार र तस्करी मौलाएर सुसाशनको अन्य भएको बताईन। नेत्री केशीले केही राजनीतिक दलका नेताले राजनीतिलाई गलत ढङ्गले प्रयोग गरेको आरोप लगाउँदै लोकतन्त्रलाई बलियो बनाउन राजनीतिमा युवा तथा महिलालाई नेतृत्वमा पुर्याउनुपर्नेमा जोड दिईन ।

केशीले देश अहिले अभिभाबक बिहिन भएकाले अराजकता बढनुको कारक रहेको उल्लेख गर्दे अहिलेका राजनितिक दलहरुले देशलाई निकास दिन नसक्ने भएकाले राज संस्था तथा हिन्दु राष्ट्र आवश्यक रहेको बताईन।

यसैगरी राप्रपा महोत्तरीले वडा तहका कार्यसमिति गठन गर्ने कार्यलाई तीव्र बनाएको छ । राप्रपाले महोत्तरी जिल्लाका सबै स्थानिय तहका वडामा पार्टीको वडा समिति बनाउने लक्ष्य लिएको बताएको छ । यसैक्रममा राप्रपाले गौशला नगरपालिकाको वडा नम्बर ५ मा रमण कुमार सिंहको अध्यक्षतामा ७ सदस्य वडा कार्य समिती गठन गरेको छ ।