धनुषामा शव फेला परेका व्यक्तिको अत्यधिक मदिरा सेवनबाट मृत्यु भएकाे पुष्टि

[sharethis-inline-buttons]

बुधबार साँझ धनुषाको सबैला नगरपालिका वडा नं ३  मा  मृत भेटिएका  व्यक्तिको अत्यधिक मदिरा सेवनको कारण मृत्यु भएको प्रहरीले  पुष्टि गरेकाे  छ । सबैला नगरपालिका ९ सतोखरका ३५ वर्षीय रामशंकर राय बुधबार साँझ मृत भेटिएका थिए ।

अत्यधिक मदिरा सेवन गरेका राय साँझ सबैला नगरपालिका ३ मा  रहेकाे  नालामा शौच गर्न गएको बेला उनको  उक्त स्थानमा मृत्यू भएको इलाका प्रहरी कार्यालय सबैलाले जनाएकाे छ ।  घरपरिवारले पनि उनी अत्यधिक मदिरा  सेवन काे अमली रहेकाे  बताएका छन्।