
बर्दिबास ।
धनुषाको सबैला नगरपालिकामा एक पुरूष मृत फेला परेका छन् । सबैला नगरपालिका वडा नं ९ सतोखरका अन्दाजी ४५ वर्षीय रामशंकर राय बुधबार राति करिब ८ बजे मृत फेला परेका हुन् ।
उनी सबैला नगरपालिका वडा नं २ मा रहेकाे नालामा मृत फेला परेका हुन् । इलाका प्रहरी कार्यालय सबैलाको टीम घटनास्थल पुगेर मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएकाे छ । मृतककाे मृत्युको कारण भने खुलेको छैन । घटना विषयमा थप अनुसन्धान भइरहेको छ ।





































