प्रधानमन्त्री सरिक कार्यक्रममा पत्रकारलाई निषेध

[sharethis-inline-buttons]

आज्ञा खबर
गौशला
महोत्तरीको गौशालामा आयोजित प्रधानमन्त्री सरिक भएको कार्यक्रमस्थलवाट समाचार संकलन गर्न पुगेका पत्रकारहरु समाचार संकलनमा अवरोध गरिएको छ ।
मंगलवार नेकपा माओवादी पार्टीले गौशलामा आयोजना गरेको कार्यक्रम स्थलमा उदघोषकले माईकमार्फत पत्रकारलाई कार्यक्रम स्तलबाट बाहिर निस्कन घोषणा गर्दै निकालिएका हुन् ।

पार्टीका कार्यकर्ताका अनुसार पार्टीका आन्तरिक कार्यक्रम भएकोले कार्यक्रमस्थलवाट पत्रकार निकालिएको हो ।
कार्यक्रमको भाषण ठुल ठुला माईकबाट प्रसारण भएपनि पत्रकारलाई देशका प्रधानमन्त्री सरिक भएको कार्यक्रमबाट निकाल्नु दुखद भएको प्रेस सेन्टरका सप्तरी अध्यक्ष दिनानाथ यादवले बताए । उनले भने तीन महिने अभियानमार्फत संकलन गरिएको विषयवस्तु सुन्न र वुझ्नका लागि पत्रकारलाई आमन्त्रित गर्नु र कार्यक्रम स्थलमा पुग्दा निकाल्नु दुखद रहेको यादवले बताए ।