गौतम होटल बर्दिबासले नयाँ थप सेवा सुविधा विस्तार गदै लालगढमा होटल सञ्चालनमा ल्याएयो

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिबासका स्तरीय होटलहरुको नाम संगै परीचित गौतम होटल बर्दिबासले नयाँ थप सेवा सुविधा विस्तार गदै धनुषाको मिथिला नगरपालिका–९ लालगढमा शनिवारदेखी होटल सञ्चालनमा ल्याएको छ । सो होटलको मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले उद्घाटन गरे संगै सञ्चालनमा आएको हो ।

चार तारे मापदण्डमा आधारीत यो होटलको एक बिघा दुई कठ्ठा भौगोलिक क्षेत्रफल रहेको छ।
होटल परिसरमा हेल्थक्लव, स्टिम बाथ, पौडी पोखरी (स्विमिङ् पुल), चित्ताकर्षक बगैंचा र बिभिन्न देशका स्वादिष्ट परिकारको सेवा दिन थालेको छ । जम्मा ६० कोठाको सयनकक्ष सञ्चालनको लक्ष्य लिएको होटलमा हाल ४० कोठा सञ्चालनमा ल्याइएको होटल व्यवस्थापनले जनाएको छ । अत्याधुनिक सुविधा सहितको सभाहल र आउटडोर÷इनडोर दुईवटा व्याङ्केट होटलमा रहेका छन् । दुई हजार ५०० जना सहभागी अटाउने आउटडोर ब्याङ्केट अहिले यसभेगकै ठूलो सभाहल मानिएको छ । तुलना गर्दा सानो भनिएको इनडोर ब्याङ्केटमा पनि एक हजार सहभागी अटाउने क्षमता छ ।

विवाह, ब्रतबन्ध सहितका माङ्गलिक समारोह, सभासम्मेलन, अधिवेशनजस्ता ठूलठूला समारोह सम्पन्न गर्न सकिने गरी सभाहलको व्यवस्था भएको छ । पूर्वाधारको अभावमा मधेश प्रदेशमा गरिर्ने कार्यक्रमहरु अन्यत्र ठूला सहरमा गरिनुपर्ने अवस्था अब अन्त्य भएको होटल सञ्चालक युवा उद्यमी हीरालाल गौतमको भनाइ छ ।

होटल सञ्चालनमा आएसँगै थप १०० भन्दा बढीले रोजगार सुविधा पाएका छन् ।

होटल सञ्चालनमा आए संगै यस क्षेत्रको पर्यटन प्रबद्र्धन, उद्यम विकास र रोजगारी प्रबद्र्धनमा सहयोग पुग्ने मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको अपेक्षा छ ।