आज्ञा खबर
धनुषा
वि.स.२०७४ साउन ३२ गत्ते स्थापाना भएको मधेश प्रदेश प्रहरी कार्यालयको आफ्नै भबनको निर्माण कार्य शुरु भएको छ।
हाल जनकपुरधाम उपमहानगरपालिका ९ ब्रह्पुरी स्थित भाडाको घरमा कार्यालय संचालन गर्दै आएको मधेश प्रदेश प्रहरी कार्यालयको आफ्नै भवनको शिलान्यास मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले गरेका हुन् । उपमहानगरपालिका स्थित साविक जनकपुर अंचल प्रहरी कार्यालयको परिसरमा भवन निर्माण कार्य आजदेखि प्रारम्भ भएको हो । मधेश सरकारको गृह, संचार तथा कानुन मन्त्रालयको २३ करोड भन्दा बढी बजेटमा भजनको निर्माण हुन लागेको बताईएको छ। भवन निर्माणको लागि मधेश प्रदेश प्रहरी कार्यालय र शिवालय–सुबेदी जे।भि। काभ्रे बीच २ असोज २०८० सम्झौता भएको थियो । मूल्य अभिवृद्धिकर सहित २३ करोड १० लाख ४३ हजार ४०७ रुपैयाँ १५ पैसामा ्मा १८ महिना भित्र भवन निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएको थियो । बन्न लागेको चार तल्ले प्रशासनिक कार्यालय भवनमा प्रशासन महाशाखा, मानवश्रोत व्यवस्थापन महाशाखा, कार्य महाशाख, प्रदेश कार्यालय प्रमुख कार्यकक्ष, प्रदेश प्रमुखको सचिवालय, अपराध अनुसन्धान महाशाखा, साईवर ब्युरो लगायतको शाखा रहने कार्यालयले जनाएको छ । सो भवन लिफ्टसहितको सुविधा हुने मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।