आज्ञा खबर
धनुषा
मधेश प्रदेश सभाको दोस्रो अधिवेशनको शुक्रबार बसेको सातौँ बैठकमा प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० प्रस्तुत गरिएको छ ।
प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले सो विधेयक प्रस्तुत गरेका हुँन । न्यौपानेले विधेयक पेश गर्दै प्रदेशको कृषि मन्त्रालयमा छ वर्ष बितिसक्दा पनि अहिलेसम्म कुनै ऐन नहुँदा समस्यासँगै मनपरी ढङ्गले चल्न थालेको बताए।
उनले अहिलेको आवश्यकता भनेकै कृषि क्षेत्रमा व्यापक विकास, उत्पादन, उत्पादकत्व वृद्धिगरी दिगो आर्थिक विकास गर्दै किसान र उपभोक्ताको सामुन्ने बहुआयमिक चुनौतीहरू सम्बोधन गर्न विधेयक प्रस्तुत गरीएको बताए । सो विधेयक प्रस्तुत भएसँगै सभामुख रामचन्द्र मण्डलले बैठक यहि मंसिर १७ गते दिउँसो १ बजे सम्मकालागि स्थगित गरिएको घोषणा गरे।