आज्ञा खबर
सिरहा
सिरहा प्रहरीले बुधबार राति लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका ११ बस्ने ३२ वर्षीय संजय चौधरी र २० वर्षीय अभिशेष चौधरी रहेका छन।
राती करिब ९ बजे ४ ग्राम ब्राउनसुगर र डिजिटल तराजुसहित उनिहरुलाई लहान नगरपालिका १ लोकतन्त्रचोकबाट पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेले जानकारी दिए ।
शंका लागेर चेकजाँच गर्दा दुबैजनाको साथबाट ब्राउन सुगर र डिजिटल तराजुसहित इलाका प्रहरी लहानको टोलिले नियन्त्रणमा लिएको थियो ।
दुबैजनामाथि सिरहा जिल्ला अदालतबाट १० दिनको म्याद थप गराई ईलाका प्रहरी लहानको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।