सिरहाबाट अवैध गिट्टी बालुवा निकालिरहेको ट्याक्टर र डोजर नियन्त्रणमा

[sharethis-inline-buttons]

आज्ञा खबर
सिरहा
डिभिजन वन कार्यालय लहानले धनगढीमाई नगरपालिका १२ सर्रे खोलाबाट अवैध गिट्टी बालुवा निकालिरहेको समयमा एक थान डोजर र छ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
जिल्ला समन्वय समिति सिरहा, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसँगको समन्वयमा सो ट्याक्टर र डोजर नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय लहानका प्रमुख डिभिजन वन अधिकृत सुजित कुमार झाले जनाएका छन ।

विशेष सूचनाको आधार जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश कुमार महतोको नेतृत्वमा गएको टोलिले अवैध उत्खनन गरिहरेको स्थानबाट सबै सवारीसाधन नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि सव डिभिजन वन कार्यालय धनगढीमा राखिएको झाले जानकारी दिए ।
धनगढीमाई नगरपालिकाको उत्तरी क्षेत्रमा स्थानीय जनप्रतिनिधीकै मिलेमत्तोमा अवैध रुपमा उत्खनन हुने गरेको स्थानियको आरोप छ ।