इजरायलमा मृत्यु भएका धनुषाका आनन्द साहको परिवारजनलाई आर्थिक सहयोग

[sharethis-inline-buttons]

आज्ञा खबर
सिरहा
इजरायलमा मृत्यु भएका धनुषाको सपहीका आनन्द साहको परिवारले आर्थिक सहयोग पाएका छन।

आन्न्दको परीवारलाई सिरहाको मिर्चैया नगरपालिकाले संकलन गरेको १ लाख १ हजार रुपैयाँ शुक्रबार हस्तान्तरण गरिएको हो । मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले उक्त रकम साहका बुबालाई हस्तान्तरण गरेका हुँन ।

मिर्चैया नगरपालिकाका नगर प्रमुख, कर्मचारी, वडा कार्यालयहरुका कर्मचारी, नगरका विभिन्न विद्यालय, कलेज, अनलाईन माध्यमबाट देशका विभिन्न भागका कृषि विषयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरुबाट उक्त रकम संकलन गरिएको मेयर यादवले जानकारी दिए । उनले आगामी दिनमासमेत विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थानबाट सहयोग संकलन गरेर मृतक साहको परिवारलाई हस्तान्तरण गर्ने बताए ।

गत महिना इजरायलमा भएको आतंककारी हमलामा १० जना नेपालीको मृत्यु भएको थियो । जसमध्ये धनुषाका आनन्द साह समेत थिए । उनी नेपाल सरकारको तर्फबाट कृषि सम्बन्धी अध्ययन गर्न इजरायल गएका थिए ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...