आज्ञा खबर
रौतहट
रौतहटमा एक युवकको शव फेला परेको छ।
जिल्लाको यमुनामाई गाउँपालिका– ४ मा रहेको झाझपुलको बन्दै गरेको नयाँ पुलको पिलरको रिङभित्र पानीमा डुबेको अवस्थामा युवकको शव फेला परेको हो।
नाम थर बतन खुल्न नसकेको अन्दाजी २०÷२२ वर्षको जस्तो देखिने युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दामोदर केसीले जानकारी दिए।
युवकको शव पोस्ट मार्टमको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ।
निलो पाइन्ट र आकाशे रंगको सर्ट लगाएका ती युवकको तस्बिर सार्वजकिन गर्दै प्रहरीले आफन्तलाई सम्पर्कको लागि आग्रह गरेको छ।
युवकको मृत्युको कारण खुलेको छैन। घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको डीएसपी केसीले बताए।
