आज्ञा खबर
सर्लाही
सर्लाहीको हरिपूर्वा नगरपालिकाका शिक्षक विद्यालय बन्द गरेर धर्नामा बसेका छन् । साउनदेखि तलब नपाएका शिक्षकले तलब माग गर्दै बिद्यालय बन्द गरेर नगरपालिका कार्यालयमा धर्ना सुरु गरेका हुँन
आर्थिक वर्ष सुरु भएको चार महिना बितिसिक्दा समेत नगर सभा हुन नसक्दा यहाँका शिक्षकले तलब नपाएका हुन् । गएको बुधवार देखी नगरपालिकाभित्रका १६ वटा सामुदायिक विद्यालय बन्द हुँदा पाँच हजार विद्यार्थी पठनपाठनबाट वञ्चित भएका छन् । हरि पूर्वा नगरपालिकाका शिक्ष्कहरुले तलब दिनुपर्ने एक सूत्रीय माग राखेर धर्नामा बसेको बताएका छन ।
पढाई नै रोकेर आन्दोलनमा उत्रिनुपर्ने आफूहरूको बाध्यता रहेको उनिहरुको भनाई छ । असोज १६ गते शिक्षकहरुले नगरपालिकमा ज्ञापन पत्र बुझाएर तलब निकासा गरिदिन माग गरे पनि अहिलेसम्म तलब नपाएको उनिहरुको गुनासो छ ।
