बालिका बलात्कार गरेको आरोपमा गौशलाबाट विद्यालय सञ्चालक पक्राउ

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास

महोत्तरीको गौशलाबाट शुक्रवार सात वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा गौशाला एकेडेमीका सञ्चालक गौशाला नगरपालिका ११ का ३३ वर्षीय जुगलकिशोर साह पक्राउ परेका छन् ।
प्रहरीका अनुसार साहले ७ वर्षीय बालिकालाई बिहीबार दिउँसो विद्यालयको चौथो तल्लामा लगी बलात्कार गरेका थिए । उनले बालिकालाई रुपैयाँको लोभ देखाएर बलात्कार गरेको आरोपसहितको जाहेरीको आधारमा साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

साहलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत महोत्तरीबाट ५ दिनको म्याद लिई पीडित बालिकाको स्वास्थ्य परीक्षण गराएर घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं डिएसपी दिलीपकुमार गिरिले जानकारी दिए ।