गाैशाला न.पा.दुर्गा मन्दिरबाट चोरी भएको गरगहनासहित एक जना नावालक प्रहरी नियन्त्रणमा

[sharethis-inline-buttons]

धनवीर महतो

महोत्तरी /

मन्दिरबाट चोरी भएको गरगहनासहित एक जना नावालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय गौशालाले मन्दिरबाट चोरी भएको १४ आना बराबरको सुनको नथिया र टिकासहित उक्त वालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरी नियन्त्रणमा रहेको वालकसँग प्रहरीले सुक्ष्म तवरले सोधपुछ र अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक मनोजकुमार यादवले जानकारी दिएका छन् । अहिले अनुसन्धानको क्रममै रहेकोले यस विषयमा प्रहरीले विस्तृत रुपमा जानकारी दिन मानेका छैनन् ।

वजारको मध्यभागमा रहेको दुर्गा मन्दिरमा माता दुर्गाको आभुषण भारतबाट १० लाख भारुमा खरिद गरि ल्याएको मन्दिरका पुजारी काशिकान्त झाले बताए । छठ पर्वको पारण दिन अर्थात सोमबारका दिन सो मन्दिरबाट सो आभुषण चोरी भएको पुजारी झाले प्रहरीमा खवर गरेपछि प्रहरीले अनुसन्धानको क्रममा सो वालकलाई आज नियन्त्रणमा लिएको हो ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...