सप्तरी कारागारमा एक कैदीबन्दीको मृत्यु

[sharethis-inline-buttons]

आज्ञा खबर
सप्तरी
सप्तरीको राजविराज कारागारमा एक जना कैदीबन्दीको मृत्यु भएको छ।

मृत्यु हुँनेमा राजविराज नगरपालिका–१५ का ६५ वर्षीय नन्दलाल मण्डलको मंगलबार मृत्यु भएको हो उनी सो कारागारमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका थिए।

कैदी मण्डल खाना खाएपछि हातमुख धुन ट्युबवेलमा जाँदाअचानक लडेपछि उनलाई उपचारकालागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पु¥याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको कारागारका प्रमुख सदानन्द दासले जानकारी दिए।

०७९ कात्तिक १६ गतेदेखि कारागारमा कैद भुक्तान गरिरहेका कैदी मण्डल केही समयदेखि दम रोगबाट पीडित थिए।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...