निकेश खनाल
बर्दिवास
तराईका जिल्लाहरुमा मनाइने धार्मिक एवं लोक आस्थाको पर्व छठ अन्तर्गत आज तेस्रो दिन अस्ताउदो सुर्यलाई अर्घ अर्पण गरेर मनाईदै छ।
कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन आज रातभर जागरम बसी कात्तिक शुक्ल सप्तमीका दिन, बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्य दिएपछि विधिवत रुपमा छठ समापन हुन्छ।
छठ ब्रत्त गर्नाले पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो ।
छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास रहेको छ । यस बर्षको छठ पर्वमापनी बिगतका बर्षहरुझै महोत्तरी तथा मिथिलाको नदी तलाउहरु बेहुलीझै सिगाँरिएका छन।