बर्दिवासमा जङ्गली हात्तीद्वारा लाखौँको क्षति

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
महोत्तरीको सुदुर उत्तरी भेग बर्दिबासको ग्रामीण क्षेत्रमा प्रवेश गरेका जङ्गली हात्तीले दुःख दिन थालेपछि स्थानिय बासिन्दा त्रासमा छन् । जङ्गली हात्तीको एक छावासहित पाँच वटा हात्तीले बर्दीबास नगरपालिकाको वडा नं. २ ,५ र ८ का आधा दर्जन बस्तीमा प्रवेश गरी क्षति पु¥याउन थालेपछि स्थानीय गाउँले रातभर जाग्राम बस्न बाध्य छन ।

गाउँ पसेका पाँच वटामध्ये बर्दीबास–८, हात्तीलेटमा र छावासहितका तीन वटा हात्तीले सोही वडाको लोप्चन टोलमा दुःख दिने गरेको पीडित गाउँलेले जानकारी दिएका हुँन ।

बर्दिवास ८ हात्तीलेटका पिताम्बर महतोका अनुसार बस्ती प्रवेश गरेका हात्तीले काट्ने बेलाको धान, तयारी हुन लागेका उखु, काउली, केरा, भान्टालगायत करिब १० बिघामा लगाइएको बाली नष्ट गरेको छ । हात्तीका कारण अनुमानित २० लाख रुपियाँ बराबरको क्षति भएको उनले बताए । सोही ठाउँका विजय यादवको निर्माणाधीन घरका चार वटा पिल्लरसमेत हात्तीले भत्काएको छ । दुई सातादेखि बर्दिवास क्षेत्रमा हात्तीले दुःख दिन थालेपनी स्थानिय सरकार तथा सरोकारवाला निकायको ध्यन त्यसतर्फ पुग्न नसकेको स्थानियको गुनासो रहेको छ।