आज्ञा खबर
सिरहा
सिरहाको गोलबजारमा बुधवार राती आगलागी भएको छ।
सिरहा नगरपालिका–६, राधाकृष्ण मन्दिर टोलमा सोही ठाउँ बस्ने ३७ वर्षीय दुर्गेशकुमार साहको कपडा गोदाममा आगलागी भएको हो ।
विद्युत्को तार सर्ट भइ सो गोदामको आगलागीबाट गोदामभित्र रहेका लत्ताकपडा जलेर करिब १७ लाख रुपैयाँ मूल्य बराबरको क्षती भएको इलाका प्रहरी कार्यालय गोलबजार इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।
आगलागी भएपछि इलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र वेस क्याम्प गोलबजारबाट खटिएको टोली, स्थानीय र दमकलको सहयोगमा आगो पूर्ण रूपमा निभाईएको बताईएको छ ।