आज्ञा खबर
सर्लाही
सर्लाहीको हरिवनमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । हरिपूर्वाबाट काठमाडौँका लागि यात्री बोकेर हिडेको ना ६ ख ९११७ नम्बरको बसले बुधवार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन नगरपालिका–११, कडरिया चोकमा ठक्कर दिँदा स्थानीय ८० वर्षीय मानबहादुर राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
साँझ सडक पार गर्ने क्रममा बसको ठक्करबाट गम्भीर घाइते भएका राईको उपचारका क्रममा राति एलएस न्यूरो अस्पताल बारामा मृत्यु भएको बताइएको छ।
क्ठकर दिने बस प्रहरीको नियन्त्रणमा छ भने चालक फरार रहेका र उनको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।





































