रौतहटमा गएराती लुटपाट, लुटेराको आक्रमणबाट दुई जना घाइते

[sharethis-inline-buttons]

आज्ञा खबर
रौतहट
रौतहटको चन्द्रपुर नगरपालिकामा आइतबार राति लुटेराको समुहले लुटपाट गरेका छन। ४ जना भन्दा बढीको सङ्ख्यामा आएको समुहले चन्द्रपुर ५ का सोनेलाल चौधरीको घरमा लाखौँको धनमाल लुटपाट गरेका हुँन् । सो क्रममा लुटेराको आक्रमणमा पर्री दुई जना महिला घाइते भएका छन् ।
घरको मुलगेट फुटाएर प्रवेश गरेका उनीहरूले चौधरीको श्रीमती कान्ति चौधरी र छोरी नीकम चौधरीलाई धारिलो हतियार प्रहार गरी घाईते बनाएका हुन्।

घाइते दुवै जना महिलाहरूको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको

इलाका प्रहरी कार्यालय चन्दनिगाहपुरका प्रमुख डिएसपी एक नारायण कोइलाले जानकारी दिए।
उनिहरुले लक्ष्मीपूजा गर्ने क्रममा राखिएको नगद १ लाख ४५ हजार, १४ तोला सुन, ५४ तोला चाँदी लुटेर लगेको रौतहट प्रहरीले जनाएको छ। सो घटनाको अनुसन्धान भईरहेको र लुटेरा समूहको खोजी भइरहेको बताईएको छ ।