बैदेशिक रोजगारमा ज्यान गुमाएका परिवारलाई नगरपालिकाद्वारा राहत उपलब्ध

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
महोत्तरीको मटिहानी नगरपालिकाले वैदेशिक रोजगारको शिलशिलामा ज्यान गुमाएका परिवारलाई राहत स्वरुप ५० हजार प्रदान गरेको छ।
नगरपालिकाको वडा नं. ९ सिमरदही का ४० वर्षीय रघुनाथ मण्डलको वैदेशिक रोजगारको शिलशिलामा मिति २०८०÷०७÷१० गते कुवेतमा मृत्यु भएपछि मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले निजको परिवारलाई आज राहत स्वरुप रु ५० हजार प्रदान गरेका हुँन।
मृतक मंडल कुबेतमा १० महिना अगाडि गएका थिए ।
आर्थिक बर्ष २०८०÷०८१ को नगर सभाको निर्णय अनुसार बैदेशिक रोजगारको क्रममा विदेशमा ज्यान गुमाएका मटिहानी नगरपालिकाको कुनै पनि नागरिकको मृत्यु भएमा नगद रू ५० हजार सम्म दिने निर्णय भएको थियो सोही अनुसार कुवेतमा मृत्यु भएको रघुनाथ मण्डलको श्रीमती रंजु देवीलाई सो राहत मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले उपलब्ध गराएका छन।