महोत्तरीको गौशालामा नापी तथा मालपोत कार्यालय संचालन

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
लामो समयको प्रयासपछि महोत्तरी जिल्लाको मुख्य व्यापारिक केन्द्र गौशालामा शुक्रवारदेखी नापी तथा मालपोत कार्यालय संचालन आएको छ ।
संचालनमा आएको नापी तथा मालपोत कार्यालयबाट गौशाला, औरही नगरपालिका र सोनमा गाउँपालिकाका नागरिकले प्रत्यक्ष रुपमा सेवा लिन सक्ने छन् ।

गौशालामा नापी तथा मालपोत कार्यालय नहुँदा सो भेगका नागरिकलाइ सदरमुकाम जलेश्वर गएर काम गर्नुपर्दा निकै खर्च तथा सास्ती झेल्नुपर्ने बाध्यता थियो । तर सो कार्यालय सञ्चालनबाट त्यस्ता समस्याबाट उल्लेखित पालिकाका स्थानीयहरु मुक्त हुने भएका छन् ।

मालपोत कार्यालय संचालनको लागि आज कर्मचारीको व्यवस्थापन भएको छ । भुमि व्यवस्थापन तथा अभिलेख विभागका महा निर्देशक बिदुर खनाल ,निदेशक हरि कृष्ण सुवेदी, रोशन शंकर घिमिरे ,शाखा अधिकृत तेजनाथ पोखरेल लगायत कम्प्युटर अपरेटर परमेश्वर पौडेलको संयुक्त प्रयासले कर्मचारी व्यवस्थापन गरिएको अनेरास्ववियु (क्रान्तिकारी ) का केन्द्रिय उपाध्यक्ष सुर्य नारायण साहले जानकारी दिएका छन् । कार्यालयको लागि भौतिक पूर्वाधारको तयारीमा कुनै कमी नहुने उनको भनाइ छ ।

उनले भने , “अब यहाँका स्थानिय नागरिकले सहज रुपमा सेवा सुविधा प्राप्त गर्न सक्नेछन । टाढा जानुपर्ने बाध्यता हटेको छ ।

वि.स. २०७८ साल चैत्र २० गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रि शशी श्रेष्ठले गौशालामा मालपोत कार्यालय स्थापना गर्ने वाचा गरेकि थिईन।