प्रधानमन्त्रीलाई मधेश प्रदेश सरकारको ६ बुँदे माग

[sharethis-inline-buttons]

आज्ञा खबर

धनुषा
मधेश प्रदेश सरकारले ६ बुँदे माग सहित प्रदेश प्रहरी समायोजन लाई समाबेश गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बिहीबार ज्ञापन पत्र बुझाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसहितको मधेशका राजनितिक दलका टोलीले ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्रमा मुख्यमन्त्री यादवले ३० दिनभित्र प्रदेशको माग सम्बोधन नगरे शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी दिएका छन ।

यादवले ६ बुँदे मग पत्र लिएर राजधानीको सिंहदरबार पुगेका छन । उनले मधेश प्रदेशमा सङ्घीयता लागु भएको आठ वर्ष भइसक्यो । प्रदेश सरकार गठन भएको पनि ६ वर्ष भइसक्यो तर प्रदेश सरकारले पाउने संवैधानिक अधिकार नपाएका कारण हामीले ७ दल लगायत प्रदेशको सम्पूर्ण मान्य मन्त्री उपस्थितिमा ६ बुँदे ध्यानाकर्षण पत्र बुझायौ । ३० दिनभित्र कार्यान्वयन नभए शान्तिपूर्ण आन्दोलन गछौँ भनेका छौ

उनले प्रदेश प्रहरी समायोजन सम्बन्धमा, सङ्घीय निजामती सेवा ऐनका ेबिषयमा , सार्वजनिक जग्गाको प्रयोग र गुठी जग्गाको सम्बन्धमा, अर्थसम्बन्धी समस्या सम्बन्धमा र अभियोजन सम्बन्धमा आधारित भई ज्ञापन बुझाएको बताए । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले मागहरू जायज भएका कारण ३० दिनभित्र सम्बोधन गर्ने प्रतिबद्धता जनाए।
‘‘प्रदेश प्रहरी समायोजन ् सङ्घीय निजामती सेवा ऐनको सम्बन्धमा, सार्वजनिक जग्गाको प्रयोगको सम्बन्धमा, गुठी जग्गाको सम्बन्धमा, अर्थ सम्बन्धी समस्या सम्बन्धमा र अभियोजन सम्बन्धमा आधारित भई ज्ञापन पत्र बुझाएको समेत उनले बताए।
मुख्य मन्त्रीले शान्ति सुरक्षाको व्यवस्था प्रदेश सरकारको हो तर हामीसँग प्रहरी प्रशासन छैन । काम गर्नका लागि कर्मचारी छैनन् । प्रधानमन्त्रीले तपाईँहरूको माग जायज भएकाले मधेशको सुरक्षकालागी ३० दिनभित्र सम्बोधन गर्नेछु प्रधान मन्त्रीले भन्नुभयो । भनेका कुरा पुरा नभए हामी सबै मिलेर धर्ना दिनेछौँ । बाँकी ६ प्रदेशका मुख्यमन्त्रीसँग हामीजस्तै तपाईँहरूले पनि ध्यानाकर्षण पत्र प्रधानमन्त्रीलाई दिनुस । प्रत्येक प्रदेशमा पनि आन्दोलन गर्नुपरे गरौँ ।’’देश ब्यापिरुपमा आन्दोलन गर्नु परेपनी पछी नपरौ मधेशका मुख्य मन्त्रीले भने ।

मुख्यमन्त्री यादवले प्रदेश अधिकारका लागि सबै प्रदेशका मुख्यमन्त्रीहरूलाई मिलेर अघि बढ्नु पर्ने आवश्यकता अ‍ैल्याउनु भयो ।