जसपाको प्रशिक्षक प्रशिक्षण शिविर मधेस प्रदेशमा सम्पन्न

[sharethis-inline-buttons]

आज्ञा खबर
सिरहा
सिरहाको लाहानमा सोमबारदेखि सुरु भएको जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेशमा तिन दिने प्रशिक्षक प्रशिक्षण शिविर बुधवार सम्पन्न भएको छ । मधेस प्रदेश समितिको पार्टी स्कुल तथा प्रशिक्षण विभागको आयोजनामा गरिएको
प्रशिक्षण शिविरमा पार्टीका अध्यक्ष उपेन्द्र यादव र केन्द्रीय कार्यकारिणी सदस्य एवं मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतले प्रशिक्षण दिएका थिए ।

पार्टी अध्यक्ष यादवले वैचारिक, सैद्धान्तिक विषयका साथै नेपालका राजनीतिक दलहरुको तुलनात्मक अध्ययनका विषयमा प्रशिक्षण दिए। कार्यक्रमका अर्का प्रशिक्षक लमलबावु राउतले मधेस जनविद्रोह, चुनौती र प्राप्त उपलब्धिका विषयमा प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणमा पार्टीका केन्द्रीय कार्यकारिणी समितिदेखि स्थानीय तहसम्मका पार्टी सदस्य, जनप्रतिनिधि र भ्रातृसंगठनका प्रतिनिधि गरी एक सय साठी जना सहभागी रहेको मधेस प्रदेशका पार्टी स्कुल तथा प्रशिक्षण विभाग प्रमुख रामपृत पासवानले जानकारी दिए ।