प्रहरी समायोजन नभए आरपारको आन्दोलन गर्ने मधेशका मुख्य मन्त्री यादब

[sharethis-inline-buttons]

आज्ञा खबर

धनुषा
मधेश प्रदेश सरकारले प्रहरी समायोजनको प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन काठमांडौ जाने भएको छ।
मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वमा दलहरुको टोली सहित बिहिवार काठमाडौं जाने भएको हो।
मधेश प्रदेश सरकारले प्रहरी समायोजनको गर्न संघिय सरकारलाई ३० दिनको अल्टिमेटम दिने बुधबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री सरोज कुमार यादवले जानकारी दिए।
उनले संविधान बनेको ८ वर्ष र प्रदेश सरकार बनेको ६ वर्ष भइसक्दा पनि अधिकार नपाएको बताए ।
प्रहरी प्रशासन प्रदेशको एकल अधिकार सूचीमा भएपनि अहिलेसम्म प्रदेशको मातहतमा नआएको भन्दै उनले भने, निजामती ऐन लगायतका धेरै विषय छन्, जुन प्रदेशलाई हस्तान्तरण गरिएको छैन ।
यसले प्रदेश सरकारलाई काम गर्न धेरै अठ्यारो भएको छ ।’
यसबारे पटकपटक प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउँदा पनि सम्बोधन नभएको उनले बतए । एक साता अगाडि पनि प्रधान मन्त्रीले भन्नुभयो आउने क्याबिनेटबाट प्रहरी समायोजन गर्छु, अध्यादेशबाट निजामती ऐन ल्याउँछु । तर भएन ।’
त्यसैले सरकारलाई दबाब दिन भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ज्ञापनपत्र बुझाउन लागेको भन्दै मुख्यमन्त्री यादवले भने, ‘भोलि प्रधानमन्त्रीज्यू कहाँ ज्ञापनपत्र बुझाउने छौं ३० दिनको समय दिएर ।’

३० दिनभित्र कार्यान्वयनमा गएन भने चरणवद्ध आन्दोलनमा जाने उनले बताए । पत्रकार सम्मेलनमा सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका नेता समेत उपस्थित थिए ।
‘काठमाडौंमा धर्ना दिएर सुरु हुने आन्दोलन, जिल्ला जिल्लामा समेत धर्ना दिएर आरपारको आन्दोलन गर्ने उनको भनाई छ।