जिल्ला प्रशासन धनुषाको पटका नपड्काउन र जुवा, तास नखेल्न आग्रह

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
जिल्ला प्रशासन कार्यालय धनुषाले मंगलवार सुचना जारीगर्दै आउँदै गरेको दीपावली र छठ पर्वको अवसरमा पड्काइने पटाका तथा अति प्रज्वलनशील पदार्थ नपड्काउन तथा बिक्री वितरण समेत नगर्न आग्रह गर्दै जिल्लासूचना जारी गरेको छ ।

जारी सूचनामा, सूचनाको अवज्ञा गरी कानुन विपरीतका कार्यहरू गरेको पाइएमा कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ ।

यस्तै, प्रशासनले जुवा, तास नखेल्न र नखेलाउनसमेत आग्रह गरेको छ । मर्यादित रूपमा चाडपर्व मनाउन अनुरोध गर्दै प्रशासनले नेपाली संस्कृति, परम्पराको जगेर्ना गर्नुपर्ने बताएको छ ।

देउसी भैलो, नाचगान जस्ता मनोरञ्जनात्मक कार्यहरू राति १० बजेसम्म मात्रै गर्न जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...