आज्ञा खबर
सर्लाही
सर्लाहीमा मङ्गलबार राति ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
ज्यान जानेमा ट्याक्टरका मालिक तथा चालक गोडैता नगरपालिका–७, का ४० वर्षीय अशेश्वर पटेल र सह–चालक गोडैता नगरपालिका–८, का २८ वर्षीय शङ्कर पटेल रहेका छन ।
जिल्लाको गोडैता नगरपालिका–८, सिसौटियामा बाँस लोड गरिएको ना ५ त ६१८२ नम्बरको ट्याक्टर गाउँको भित्री सडकमा अनियन्त्रित भई पल्टिँदा चालक अशेश्वर गम्भिर घाईते भएका थिए उनलाई उपचारका लागि वीरगन्जतर्फ लैजाँदै गर्दा बाटोमा र सह–चालक शङ्करको घटनास्थलमा नै मृत्यु भएको सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।
दुर्घटनामा गोडैता नगरपालिका–८, बस्ने २० वर्षीय रुपेश महतो र रौतहटको परोहा नगरपालिका–८, बस्ने २४ वर्षीय जयप्रकाश पटेल समेत घाइते भएका छन । घाइते दुवैको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।