आज्ञा खबर
सिरहा
सश्स्त्र प्रहरी वल नेपालको ईन्टिलीजेन्स व्युरोले विशेष सुचनाको आधारमा सिरहाको लाहन नगरपालिका–१ सिंगराहीबाट नौ एमएमको अटोटीक पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका ८ का ३२ वर्षीय अनिल राम, सुरुङ्गा ५ का ३० वर्षीय जिबान्नद चौधरी र सप्तरीकै खड्क नगरपालिकाका ३५ वर्षीय संजयप्रसाद चौधरी रहेका छन।
पक्राउ परेकाहरुको साथबाट दुई थान गोली लोड भएको अटोमेटीक पेस्तोल, १ लाख ८४ हजार २ सय ५३ रुपैयाँ, ४ थान मोवाईल, नेपाल टेलिकमको २२ थान सिम कार्ड, १४ थान एनसेलको सिम कार्ड, नेपाल टेलिककै ५० रुपैया दरको २६ हजारको र १ सय दरको ९६ हजारको रिचार्ज कार्ड बरामद गरीएको बताईएको छ।
पक्राउ परेकाहरु विभिन्न अपराध र फिरौतीमा संलग्न रहेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिईएकाहरुलाई आवश्यक कार्वाहीका लागि ईलाका प्रहरी कार्यालय लहानमा राखीएको ईलाका प्रहरी कार्यालय लहानका प्रवक्ता रविन्द्र राज पाण्डेले जानकारी दिए ।