जलवायु परिवर्तन अनुकुलनकोलागी बुक्षा रोपन

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
महोत्तरीको भंगहा नगरपालिका ६ मा रहेको हनुमान कृषि सहकारी संस्था लिमिटेडले सोमवार सोही वडाको मदनपट्टी स्थित रातुनदीको नदी उकास जग्गामा वृक्ष रोपन कार्यक्रम गरेको छ।

हाल विश्वव्यापी रूपमा देखापरेको जलवायु परिवर्तनको असरले जन्माएको गम्भीर समस्याको कारण धरातलीय विविधता, कठिन भौगर्भिक अवस्था, संवेदनशील परिस्थितिकीय प्रणाली र जलवायु तथा सूक्ष्म जलवायु क्षेत्रको विविधता जस्ता कारणले देखिएको जलवायु परिवर्तनको प्रतिकूल असरहरुको जोखिम उच्च रहेको कारण रातु नदीको १० बिघा नदी उकास जग्गामा मुक्तिनाथ कृषि कम्पनी लिमिटेड ,मुक्तिनाथ बिकस बैक र बरहाक्षेत्र संस्थाले सहकारीलाई उपलब्द गराएको १ हजार माल्द, बम्बई, दशहरी प्रजातीको आँपको बिरुवा रोपिएको हो।

यसका अतिरिक्त गरिबी, अशिक्षा, सामाजिक असमानताका साथै समुदायको जीविकोपार्जन प्राकृतिक स्रोतमा बढी निर्भर रहेको कारणले पनि यस क्षेत्रका नागरिक जलवायु परिवर्तनका असरप्रति अझ बढी संवेदनशील भएको देखिएको छ।

जलवायु परिवर्तनको कारक मानिएको यस क्षेत्रमा बाढी को असरले बर्षेनी खेती योग्य जग्गा र बस्ति रातु नदीकोे कटानको उच्च जोखिममा रहेको छ।
जलवायु परिवर्तन अनुकूलन विगत केही दशकयता वायुमण्डलीय तापक्रममा भएको तीव्रतर वृद्धि र त्यसबाट सिर्जित अतिवृष्टि, अनावृष्टि र खडेरी जस्ता प्रकोपबाट नेपालका हिमश्रृङ्खला र हिमनदी एवम् तिनीहरुमा आश्रित पारिस्थितिकीय प्रणालीमा प्रतिकूल प्रभाव परिरहेको छ ।
जस्का कारण वन डढेलो, मिचाहा प्रजातिको प्रकोप, पानीका मुहान सुक्ने तथा भूक्षय, बाढी, लामो खडेरी जस्ता घटना सिर्जना भएको मानिन्छ ।

जलवायु परिवर्तनका नकारात्मक असर वन तथा जैविक विविधता, ऊर्जा, मानव स्वास्थ्य, पर्यटन, बसोवास, पूर्वाधार विकासलगायत जीविकोपार्जनसँग सम्बन्धित क्षेत्रमा प्रत्यक्ष महशुस गरिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राक्टिकल एक्सनको अध्ययनले तापक्रम १ डिग्री सेल्सियसका दरले वृद्धि भए कुल गार्हस्थ्य उत्पादनमा १.६१ प्रतिशतले घाटा हुने प्रक्षेपण गरेको छ।
महिला, विपन्न, पछाडि परेका वर्ग, स्रोतमा आत्मनिर्भर परिवार जलवायु परिवर्तनबाट झन बढी जोखिममा रहेका छन् जलवायु परिवर्तनका असरलाई न्यूनीकरण र अनुकूलन गर्न यस्ता नदी उकास जग्गामा बृक्ष रोपनको महत्वपूर्ण भूमिका भएकोले यस क्षेत्रमा बृक्ष रोपन गरिएको बताईएको छ।


जलवायु परिवर्तनका असरसँग जुध्न यस्तो बिरुवा रोपनको कार्य सहयोगी भएका छन्।
सहकारीले नगर क्षेत्र भित्रको ४२ वटा आफ्ना समुहमार्फत बाढी तथा नदी कटानबाट बचाउने एवं जलाधार क्षेत्रमा पानीको उचित सम्भार गर्ने काम गरेको पाइन्छ । हनुमान सहकारीको सुदृढ तथा सक्रिय समूहको सक्रियता जलवायु परिवर्तन सामनाका लागि सबल र सक्षम देखिन्छ । यस्का साथै जलवायु परिवर्तनका प्रतिकूल प्रभावबाट बचाउनेमात्र होइन–दिगो विकास लक्ष्यमा समेत सहकारी समुदाय संगको सहकार्यमा अग्रसर छ । जस्का कारण सामाजिक, आर्थिक तथा वातावरणीय आयामलाई समेत सहकारीले सम्बोधन गरेको छ।
त्यसैगरी सहकारीले शेयर तथा समुहका सदस्यलाई सुलभ ब्याज दरमा ऋण लगानी, आकर्सक ब्याजमा बचत संकलन सुपथ मुल्यमा बिउ बिजन, जैबिक मल खाद बिषाधि बिक्रि बितरण गर्ने गरेको संस्थाका अध्क्षय सुरेन्द्र ठाकुरले बताए।

उनका अनुसार विशेषगरी गरिबी र भोकमरीको अन्त्य जलबायु परिवर्तन अनुकुलन ,फोहरलाई मोहर बनाउने कार्यक्रम जस्ता लक्ष्यलाई सहकारी संस्थाले बिशेश जोड दिएको छ।

सहकारीले सीपमूलक तालिम प्रदान गरेर गरिबी निवारणमा महत्वपूर्ण भूमिका खेलेको छ।
यस सहकारीले बिभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा गरिब वर्गका घरधुरीले पशुपालन, पसल सञ्चालन, तरकारी खेती, फलफुल खेती माछा पालन लगायतको आय आर्जनका काममा संलग्न गराई जीवन निर्वाहमा सहयोग गरेको छ।
सहकारीले किसनहरुको सुबिधाका लागी बिभिन्न आधुनिक कृषि यन्त्र उपलब्द गराउनुका साथै धान,गहुँ ,मकै काटने कम्वाईन्ड हार्डवेस्टर मेशीन समेत उपलब्द गराएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...