६० लाखको राहत भूकम्प प्रभावित क्षेत्रमा मधेस प्रदेश सरकारले पठाउने

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी

मधेस प्रदेश सरकारले भूकम्पबाट प्रभावित जिल्लामा ६० लाख मूल्य बराबरको राहत सामग्री पठाउने निर्णय गरेको छ।

सोमबार बसेको मधेस प्रदेश सरकारको विपत् व्यवस्थापन समितिको बैठकले गत शुक्रबार भुकम्प गएको कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिम जिल्लामा ६० लाखको राहत सामग्री खाद्यान्न पठाउने निर्णय गरेको हो।

बैठकले चामल, दाल, नुन लगायतका खाद्यान्न सामाग्री राहत स्वरुप पठाउने निर्णय गरेको मधेस प्रदेश सरकारका गृह, संचार तथा कानुन मन्त्री मोहम्मद समिमले जानकारी दिए।