आज्ञा खबर
बर्दिवास
महोत्तरीको लोहरपट्टी नगरपालिका ८ भ्रमरपुराको बिगही नदी किनारमा शुक्रबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरीको पिपरा गाउँपालिका ३ बस्ने अन्दाजी ३६ वर्षीय रामगुलाम यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
मल लिएर खेतमा जाँदै गरेको प्रदेश २–०२–००१ त १९६९ नम्बरको सो ट्याक्टर तीव्र गतिका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता दिलीपकुमार गिरीले जानकारी दिए।





































