रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
सर्लाहीको लालबन्दी नगरपालिका– १७, कालिन्जोरमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गमा बिग्रिएर रोकिराखेको ट्रकको पछाडिबाट प्रदेश २–०३–००४–५३५५ नम्बरको मोटरसाइकल ठोक्किएको हो ।

दुर्घटनामा मोटरसाइकलका चालक सर्लाहीको हरिवन नगरपालिका– ११, बस्ने मुकेशकुमार गुप्ता र मोटर साईकलमा पछाडी सवारसुनीलकुमार गुप्ताको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको मोटरसाइकल सोही दिशातर्फ आउँदै गर्दा बिग्रिएर रोकिराखेको बिआर०६ जिडी ३१४१ नम्बरको ट्रकमा ठोक्किएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका मुकेशको उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

यसैगरी, सुनीललाई जनसेवा अस्पताल बर्दिवास पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...