आज्ञाखबर
जनकपुरधाम
मधेश प्रदेशको राजधानी जनकपुरधाममा कात्तिक २२ गतेवाट सुरु हुने अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनको सम्प्र्ण तयारी पूरा गरिएको छ ।
अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनमा विश्वका २५ राष्ट्रका आयुर्वेदका विज्ञ, चिकित्सकको सहभागिता रहने छ।
जनकपुरधामको ऐतिहासिक तिरहुतियागाछीमा रहेको महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा आयोजना हुने सो सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ लेगर्ने कार्यक्रम रहेकोे छ।
ब्रह्मभूमि रिसर्च सेन्टर नेपाल, नेपाल आरोग्य संगठन तथा ब्रह्मभूमि आर्युविज्ञान अनुसन्धान संस्थानको आयोजनामा हुने अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनमा अमेरिका, रुस, जापान, रसिया, यूक्रेन, इजरायल, भारत, भूटान, वंगलादेश, श्रीलंका, अष्ट्रेलिया, जर्मनीसहितका अधिकांश यूरोपेली राष्ट्रहरुको सहभागिता रहने आयोजक एवं सम्मेलनका संयोजक डा .राकेशकुमार सिंहले जानकारी दिए।माता जानकीको हजुरबुबा निमी आयुर्वेदका आँखा, कान र घाँटीका विशेषज्ञ भएको कारणले आयुर्वेदमा निमीतन्त्रको ठूलो महत्व भएको कारणले जनकपुरधाममा अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको मंगलबार जनकपुरधामको जानकी मन्दिरमा पत्रकार सम्मेलन आयोजना गरि जानकारी दिईएको छ ।
तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनमा आयुर्वेदका विषयमा विभिन्न कार्यपत्रहरु प्रस्तुत गरिने छ ।
कार्यक्रममा आयुर्वेदको बर्तमान अवस्था, भावी रणनीति, नेपालको जडीबुटी, वन, खनिज तथा वन्यजन्तुसहितका विषयमा छलफलका साथै सम्भाव्यताका विषयमा बृहत छलफल र परामर्श हुने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले जानकारी दिए ।
सम्मेलनले जनकपुरधामको धार्मिक तथा अध्यात्मिक पर्यटन प्रबर्धनमा ठूलो मद्दत पुग्ने उत्तराधिकारी महन्थ दासको विश्वास रहेको छ ।





































